नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनअघि विभिन्न रुपमा आफ्नो सम्पर्क र कुराकानीमा हुने गरेको दाबी गरेका छन्।
जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ को उद्घाटन समारोहमा सहभागी हुँदै प्रचण्डले सो दाबी गरेका हुन्।
‘जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग विभिन्न रुपले सम्पर्क र कुराकानीमा गर्ने गरेको थिएँ,’ प्रचण्डले भने, ‘उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध बनेको थियो। जापानमा आएको बेलामा उहाँसँग भेट्ने र प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्याएको थिएँ।’
पूर्वप्रधानमन्त्री आबेको निधन दुःखद भएको भन्दै उनले दुर्लभ हुनै नहुने घटना भएको बताए।
‘यही बीचमा उहाँको अवसान भयो, म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। जापानमा दुर्लभ हुनै नहुने घटनाको रुपमा त्यो घट्यो जुन दुःखद छ।’ प्रचण्डले भने।
आजै बिहानमात्र प्रचण्डले आबेसँग सम्बन्ध राम्रो भएको भन्दै शिन्जो नेपाल भ्रमण आउँदा कुराकानी गरेको बताएका थिए।
सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २/३ पटक कुराकानी भएको पनि उनले दाबी गरेका थिए। तर, आबे अहिलेसम्म नेपाल भ्रमणमा नआएको खुलेसँगै प्रचण्डले जापान पुगेर झुटो बोलेको भन्दै आलोचना सुरु भएको थियो
नेपाल जापान सम्बन्धलाई सम्वर्द्धन गर्ने कुरामा आफ्नो जोड हुने बताएका छन्।
याे पनि:
- जापानको नारिता विमानस्थलबाट प्रचण्ड ‘नेपाल फेस्टिबल’ उद्घाटन गर्न फकुओका प्रस्थान
- पाँच दिनका लागि प्रचण्ड जापानमा, के के छन् कार्यक्रम?
- मेरो भ्रमणले जापान र नेपालको आर्थिक सहयोग विस्तार गर्छ : प्रचण्ड
- जापान पुगे प्रचण्ड, विमानस्थलमा नेपाली राजदूतद्वारा स्वागत
Shares
प्रतिक्रिया