ad ad

राजनीति


जापानको नारिता विमानस्थलबाट प्रचण्ड ‘नेपाल फेस्टिबल’ उद्घाटन गर्न फकुओका प्रस्थान

जापानको नारिता विमानस्थलबाट प्रचण्ड ‘नेपाल फेस्टिबल’   उद्घाटन गर्न फकुओका प्रस्थान

शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा प्रचण्ड।


नेपालखबर
साउन २१, २०७९ शनिबार ९:३४, जापान

जापान भ्रमणका लागि शनिबार बिहान यहाँ आइपुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ उद्घाटन गर्न फुकुओकातर्फ प्रस्थान गरेका छन्। 

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट भ्रमण टोलीसहित शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। 

जापान ओर्लिएपछि स्वागत ग्रहण गर्दै प्रचण्ड। तस्बिर : रमेश मल्ल।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी उल्लिखित फेस्टिबल उद्घाटन गर्न विमानस्थलबाट सीधै फकुओका प्रस्थान गरेका हुन्। 

नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित नेपालीसँग सामान्य अन्तरक्रिया गर्दै जापानमा नेपालीहरूको उपस्थिति र उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए। 

आफ्नो राजनीतिक जीवनकालमा पहिलोपटक जापान आएका पूर्वप्रधानमन्त्री प्रचण्डले जापानको विकाससहित यहाँको प्रविधिबारे चासोका साथ जिज्ञासा राखेका थिए। 

५ दिने भ्रमणमा रहेका प्रचण्डको कार्यक्रम तालिकाअनुसार फुकुओका नेपाल फेस्टिबलपछि प्रचण्डले आजै बेलुका ओसाकामा नेपाली समुदायसँग भेटघाट, ७ तारिखका दि हिरोसिमामा भ्रमणपछि बेलुका ६ बजे  टोकियोको खामेइदो अन्तरक्रिया, ८ तारिख नेपाली दूतावासको सहकार्यमा जापानको विकसित नमुना, कृषि ,जापानको प्रशासनिक तौरतरिकासँगै फोहर व्यवस्थापनसम्बन्धी  अवलोकन भ्रमण गर्नेछन्। 

यस्तै ९ तारिख सरकारी स्तरमा  राजनीतिक भेटघाट, त्यही दिन नेपाली दूतावासको  स्वागत तथा बिदाइ रात्रीभोजमा जापानीहरूको पनि सहभागिता रहने हुनाले पर्यटन र लगानी प्रवर्द्धनमा पूर्वप्रधानमन्त्रीका हैसियतले प्रचण्डले आह्वान गर्ने कार्यक्रम छ। यसपछि १० तारिखका दिन टोलीसहित उनी स्वदेश फर्किने कार्यतालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .