ad ad

राजनीति


ताइवानको परिस्थिति नजिकबाट नियालेका छौं, एक चीन नीतिमा समर्थन रहन्छ : परराष्ट्र मन्त्रालय

ताइवानको परिस्थिति नजिकबाट नियालेका छौं, एक चीन नीतिमा समर्थन रहन्छ : परराष्ट्र मन्त्रालय

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १४:१६, काठमाडौँ

अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवानमा उत्पन्न परिस्थितिलाई नजिकबाट नियालेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

ताइवान क्षेत्रमा उत्पन्न परिस्थितिलाई नजिकबाट नियालेको भन्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘एक चीन नीति’को समर्थनमा नेपाल रहेको उनले बताइन्। 

‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेका छौं,’ प्रवक्ता लम्सालले भनिन्, ‘नेपालले ‘एक चीन नीति’को समर्थन गर्दै आएको छ।’

नेपाल अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको उनले बताइन्। ‘दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ,’ उनले भनिन्, ‘नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं।’

साथै, एसपीपीलाई अघि नबढाउने निर्णय अनुसार ९ साउनमा कुटनीतिक माध्यमबाट लिखित जानकारी गराइएको पनि उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .