सत्तारुढ पाँच दलले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल बनाउने भएका छन्।
सत्ता गठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकले कार्यदल बनाएरै दुवै सभाको उम्मेदवारका लागि सिट बाँडफाँट गर्ने निर्णय लिएका हुन्।
यो बैठकले सत्ता गठबन्धनमै तालमेल गर्ने र चुनावमा केन्द्रित हुने निर्णय गरेको छ। त्यसैगरी पाँच दलभित्रैका दुई दलहरुबीच मात्रै गठबन्धन गर्न सकिने गरी बैठकले सहमति जुटाएको सहभागी एक नेताले बताएका छन्।
'पाँच दलभित्रै पनि उपगठबन्धन बनाउन पाइने सहमति भएको छ। सिट बाँडफाँटबारे छलफल थाल्न समिति बन्ने छ', ती नेताले भने, 'समितिमा प्रत्येक पार्टीबाट दुईदेखि तीनजना रहने छन्।'
उक्त समितिले दिएको प्रतिवेदनका आधारमा गठबन्धनले सिट बाँडफाँट गरेर चुनावी अभियानमा होमिने भएको छ।
Shares
प्रतिक्रिया