राजनीति


चुनाव घोषणा गर्दा प्रतिपक्षलाई सोधिएन : नेम्वाङ

चुनाव घोषणा गर्दा प्रतिपक्षलाई सोधिएन : नेम्वाङ

नेपालखबर
साउन १९, २०७९ बिहिबार १८:८, बुटवल

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव घोषणा गर्दा विपक्षीसँग नसोधिएको बताएका छन्।

उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि महत्त्वपूर्ण विषयमा सल्लाह नगरिएको उल्लेख गरे। 

प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेम्वाङले सरकारले छलफल नगरेर विधि प्रक्रिया नपुर्‍याएको आरोप लगाए। 

‘यस्तो महत्त्वपूर्ण विषयमा सबै दललाई जानकारी हुनुपर्छ’ उनले भने, ‘निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण विषयमा हामीसँग छलफल गर्नुपर्ने। तर यो सरकारले गरेन।’

संघीयता विरोधी भावना र प्रदेश खारेजीको माग एमाले कार्यकर्ताहरूबाट उठिरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले एमाले संविधानभन्दा बाहिर जाने कुरा एमालेले नगर्ने बताए। 

उनले भने, ‘बाहिर साथीहरूले के भन्नुभएको छ, त्यो एमालेको संस्थागत धारणा हैन, एमाले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध छ, यो संविधानभन्दा बाहिर हामी जादैनौं, संविधान नै हाम्रो राजनीतिको मूल आधार हो।’

उनले निर्वाचनमा सहमतिका आधारमा गठबन्धन बनाएर जाने तर अन्य दलसँग गठबन्धन बन्ने सम्भावना नरहेमा एक्लै पनि निर्वाचनमा जाने र राम्रो संख्यामा सिट जित्ने बताए।

नेम्वाङले अहिलेको गठबन्धन दूषित गठबन्धन भएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad