ad ad

राजनीति


मिति घोषणापछि आयोगले थाल्यो निर्वाचन तयारी

मिति घोषणापछि आयोगले थाल्यो निर्वाचन तयारी

नेपालखबर
साउन १९, २०७९ बिहिबार १८:६, काठमाडौँ

सरकारले मिति घोषणा गरेसँगै निर्वाचन आयोगले प्रादेशिक र संघीय निर्वाचनको तयारी सुरु गरेको छ। 

आयोगले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।  

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएका कारण शुक्रबारबाट मतदाता नामावली संकलन स्थगित गरिने जानकारी दिए। उनले निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिने पनि बताए।

प्रवक्ता शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐनबमोजिम निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरि आवश्यक कार्य गरिने पनि बताए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन कार्यालय स्थापना गरी यथाशीघ्र कार्य सुरु गरिने उनले बताए।  

शर्माले निर्वाचनका लागि आवश्यक जनशक्तिको आंकलन गरी विवरण संकलन तथा अद्यावधिक गरिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .