राजनीति


जसपा छाडेका हेमराज राईसहितका नेताहरू एमालेसँग संवादमा

जसपा छाडेका हेमराज राईसहितका नेताहरू एमालेसँग संवादमा

नेपालखबर
साउन ११, २०७९ बुधबार १०:३५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) बाट राजीनामा दिएका नेता हेमराज राईसहितका नेताहरुले नेकपा एमाले प्रवेश गर्न संवाद अघि बढाएका छन्।

हेमराजसहित जसपाका अन्य केन्द्रीय सदस्य सहितका नेताहरुले एमाले प्रवेश गर्नेगरी आन्तरिक तयारी अघि बढाएका हुन्। हेमराज पूर्व एमाले नेतासमेत हुन्। 

उनले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै एमाले परित्याग गरेका थिए। जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि धमाधम पार्टी छाड्नेको क्रम बढेको छ। 

पूर्वमन्त्रीसमेत रहेका हेमराज भोजपुरलगायत पूर्वका जिल्लामा एमालेको संगठन विस्तारमा  संघर्ष गरेको नेताका रुपमा चिनिन्छन्।

‘उहाँको पुरानो घर पनि हो एमाले,’ राईनिकट एक नेताले नेपालखबरसँग भने, ‘अहिले जसपाभित्र आन्तरिक विवाद बढेको र देशका दुई ठूला दल एमाले, कांग्रेसमध्ये आफ्नै पुरानो घरमा फर्कने सोच उहाँले बनाउनुभएको छ।’

ती नेताका अनुसार एमाले प्रवेश गर्न एमालेका दोस्रो तहका नेताहरुसँग एक चरण कुरा भइसकेको छ। चाँडै अध्यक्ष ओलीलाई भेट्ने र प्रवेशको कार्यक्रम तय गर्नेगरी छलफल अघि बढेको ती नेता बताउँछन्।

प्रारम्भिक चरणमा कुरा पुगेपछि गत सोमबार अध्यक्ष उपेन्द्र यादवलाई लिखित रुपमा हेमराजले राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad