ad ad

राजनीति


‘फास्ट ट्र्याक’बाट नागरिकता विधेयक ल्याउनु नालायकीपन : शंकर पोखरेल

‘फास्ट ट्र्याक’बाट नागरिकता विधेयक ल्याउनु नालायकीपन : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०७९ आइतबार ८:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘फास्ट ट्र्याक’बाट नागरिकता विधेयक ल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार बिहान आयोजित पत्रकार भेटघाटका क्रममा उनले केही दिनअघि प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयकप्रति असन्तुष्टि जनाएका हुन्। 

‘फास्ट ट्र्याकबाट नागरिकता विधेयक ल्याउने कुरा एक प्रकारले सरकारको नालायकीपन हो,’ महासचिव पोखरेलले भने, ‘नागरिकता विधेयक नेकपा सरकारमा भएकै बखत प्रस्तुत भएको थियो। राज्यव्यवस्था समितिले निकालेको निष्कर्षलाई फिर्ता गरी नयाँ विधेयक प्रस्तुत गरेर जसरी फास्ट ट्र्याकबाट पास गर्ने काम भयो त्यसले असन्तुलन पैदा गरेको छ।’

हाम्रो आफ्नै रक्त सम्बनधबाट जन्मिएका चेलीहरुले अन्याय बेहोर्नपर्ने काम अहिलेको पाँच दलीय गठबन्धनले गरेको आरोप उनले लगाए।

‘नेपाली चेलीहरु जो भारतमा बिहे गर्न जान्छन उनीहरुले ६ वर्ष लाग्छ, तर भारतीय नागरिक नेपालीसँग विवाह गर्दा तत्काल पाइने भनिएको छ। जुन अन्यायपूर्ण छ’, पोखरेलले भने। 

वामपन्थी आन्दोलनमा मात्र नभई नेपालकै राजनीतिमा नेकपा एमाले पहिलो शक्ति बनेको पोखरेललेको दाबी छ। साथै, अहिलेको सत्ता गठबन्धन पूर्ण असफल भएको उनले बताए। 

‘मुलुकको राष्ट्रिय राजनीति अत्यन्त पेचिलो अवस्थामा छ। सत्ता गठबन्धन पूर्णतया असफल भएको छ,’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय एकता र स्वाभिमानको प्रश्न संकटको अवस्थामा रहेको छ।’

उनले एमालेले सन्तुलनमा राखेको अर्थतन्त्र अहिलेको सरकार बनेपछि असन्तुलित भएको पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .