राजनीति


माधव नेपाल भन्छन्– हाम्रो पार्टी कमजोर छैन, ९ लाख २७ हजार भोट ल्यायौं

गठबन्धनको गीत गाएर अब डम्फु नबजाउने
माधव नेपाल भन्छन्– हाम्रो पार्टी कमजोर छैन, ९ लाख २७ हजार भोट ल्यायौं

फाइल फोटाे


नेपालखबर
साउन ७, २०७९ शनिबार १५:५५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल नेकपा (एकीकृत समाजवादी) कमजोर नभएको दाबी गरेका छन्। 

नेपाल तामाङ संघ (समाजवादी)ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट उल्लेख्य सहयोग नपाएको भएपनि कमजोर भने नभएको दाबी गरेका हुन्। 

'चिन्ता लिनुपर्ने कुरा के छैन भने, हामीले उठाएको उम्मेदवार २८ प्रतिशत हामीले उम्मेदवार मात्र खडा गर्यौं तर हामीले भोट ९ लाख २७ हजार भोट ल्यायौं,' नेपालले भने, 'सबै ठाउँमा उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पायौं। २० देखि २५ सिट त समानुपातिकमा पनि कतै जाने अवस्था छैन।'

'अरु पार्टीभन्दा हाम्रो पार्टीको हैसियत कमजोर हुने होइन नि,' नेपालले भने, 'नारायणमान बिजुक्छेको कम्युनिस्ट पार्टी नै हो त्यो भन्दा ठूलै बनौंला, मोहनविक्रम सिंह, मोहन वैध, ऋषि कट्टेल लगायतको पार्टीभन्दा ठूलै बनौँला।'

अब गठबन्धनको डम्फु नबजाउने

अध्यक्ष नेपालले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको डम्फु धेरै बजाउँदा समस्या भएको बताए। 

'स्थानीय चुनावमा गठबन्धनको गीत गाएर कति डम्फु बजाइयो थाहा छैन,' नेपालले भने, 'अब गठबन्धनको डम्फु बजाउने होइन। यो पार्टीलाई कसरी बलियो बनाउने भनेर डम्फु बजाउने हो।'

उनले गठबन्धनलाई दिमागमा राख्दा मिहिनेत कम गरेको उल्लेख गरे।

'हाम्रो दिमागमा गठबन्धन भएपछि जितिन्छ भनेर मिहिनेत कम गर्यौं। संगठन विस्तार गर्ने कुरामा कम ध्यान दियौँ,' उनले भने, 'गठबन्धन दलबाट जति महत्व पाउनुपर्ने थियो त्यो पाएनौं।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .