ad ad

राजनीति


गठबन्धनको नाममा निरन्तर कांग्रेसको बलजफ्ती स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

गठबन्धनको नाममा निरन्तर कांग्रेसको बलजफ्ती स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

नेपालखबर
साउन ७, २०७९ शनिबार १४:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा निरन्तर नेपाली कांग्रेसको बलजफ्ति स्वीकार्य नहुने बताएका छन्। 

साथै, आफ्नो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्धामा सम्झौता नगर्न गम्भीर भएर सोच्नपर्ने उल्लेख गरेका छन्। 

'नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती​ हामीलाई सधैं स्वीकार्य हुन सक्दैन् भन्ने कुरा समयमै ध्यान बुझोस्,' सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, 'हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरु सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ। गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन।'

उनले शुक्रबार संसदबाट पारित भएको नागरिकता विधेयक पारित गर्दा अपनाइएको प्रक्रियामाथि आपत्ति जनाएका छन्। 

'यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो  र बैबाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुबै कोणबाट गलत छ,' उनले भनेका छन्, 'नागरिकता विधेयक प्रतिनिधिसभाले राज्य व्यवस्था समितिमा पठाएको थियो। समितिले समिति भित्र र बाहिर पनि गम्भीर एवं व्यापक बहस गर्यो।'

नागरिकता जस्तो संवेदनशील बिषय सकभर राष्ट्रिय सहमतिको आधारमा हुनपर्ने श्रेष्ठको जोड छ।

एमसीसीलाई राष्ट्रिय हित अनुकुल नभएको भन्दै मतभेद हुँदाहुँदै पनि बाध्यात्मक रुपमा १२ बुँदे घोषणासहित अनुमोदन गरिएको उनले बताएका छन्। 

'हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हित अनुरुप ठान्दैन ,तर गठबन्धन सरकारको कारणले पार्टी भित्र मतभेदको बिचमा बाध्यात्मक रुपमा १२ बुँदे व्याख्यात्मक  घोषणा सहित अनुमोदन गर्यो। अहिले फेरि नागरिकताको बिषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयकलाई पारित गर्ने निर्णय भयो,' श्रेष्ठले भनेका छन्, 'एसपिपिको बारेमा अस्विकारको पत्र सरकारले पठाएको छैन। के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .