सांसद आशाकुमारी विकले विदेशी महिलाले नेपालीसँग बिहे गरेर नेपालमा सात वर्षसम्म निरन्तर बसेको पुष्टि भएपछि मात्रै नागरिकता दिनुपर्ने बताएकी छन्।
नागरिकता कानुन संशोधनका लागि पेश गरिएको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले आफूहरुले छिटोभन्दा छिटो विधेयक पारित गरियोस् भने पनि अहिले राखिएको प्रावधान गलत रहेको बताइन्।
'देशको राष्ट्रियता नै धरापमा पारेर चुनाव केन्द्रित गरेर, छिमेकीलाई खुसी पारेर, कम्फर्टेबल बनाएर यो कानुन ल्याइँदैछ', उनले भनिन्, 'एक हातमा सिन्दुर र एक हातमा नागरिकताले दुई शक्तिशाली देशको बीचमा रहेको नेपाललाई समस्या बनाउँछ। सरकारले नागरिकता दिँदैछ कि बसको टिकट?'
उनले नेपाली चेलीले सार्क देशमै बिहे गरेर गए पनि तत्कालै नागरिकता नपाउने बताइन्।
'पाकिस्तानमा ५ वर्ष, भारतमा ७ वर्षमा मात्रै नागरिकता दिइन्छ। भुटानमा बिहे गरेपछि जन्मिएको बच्चाले नागरिकता बनाएपछि मात्रै दिने चलन छ', उनले भनिन्, 'माल्दिभ्समा १२ वर्षमा पनि नागरिकता पाइँदैन। तर छिमेकी मुलुकबीच खुला सिमाना हुँदा पनि नेपालको सात वर्षको प्रावधान किन हटाइयो? यसले हामीलाई ठूलो संकटमा पार्छ।'
Shares

प्रतिक्रिया