नेकपा एमालेका सांसद सूर्यप्रसाद पाठकले विवाह गरेर आएका विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने बताएका छन्।
उनले संसारभर हुँदै नभएको अभ्यास नेपालमा हुन नहुने र खुकुलो प्रावधान पार्न नहुने बताएका हुन्।
नेपाल दुई छिमेकी मुलुकबीच रहेको कुरालाई हेक्का राख्न उनले सुझाव दिए।
शुक्रबार संसदमा पेश भएको नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्दै उनले छलफलमा भाग लिँदै सो कुरा बताएका हुन्।
नागरिकता दिँदा कहीँ कहीँ समयसीमा राखौँ’, पाठकले भने, ‘भौगोलिक समस्या भएको, विभिन्न इन्ट्रेस्टहरु भएको मुलुकमा समयसीमा राख्नैपर्छ।’
48
Shares
प्रतिक्रिया