ad ad

राजनीति


संसदमा प्रश्न : मेरो बाबु यो हो भनेर स्वघोषणा गर्ने कुराले आत्मसम्मान कहाँ पुग्छ?

संसदमा प्रश्न : मेरो बाबु यो हो भनेर स्वघोषणा गर्ने कुराले आत्मसम्मान कहाँ पुग्छ?

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १४:१०, काठमाडौँ

प्रतिनिधिसभा सांसद विमला विकले नागरिकता ऐनमा भएको ‘स्वघोषणा’ शब्द हटाउन माग गरेकी छिन्। 

प्रतिनिभिसभामा जारी नागरिकता ऐनसम्बन्धी मेरो बाबु यो हो भनेर गर्ने स्वघोषणाले उसको आत्मसम्मान कहाँ पुग्छ? भन्दै प्रश्न गरेकी हुन्।

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पहिलो संशोधन संसदमा पेस गरेका छन्। सोही संशोधनमाथिको छलफलमा भाग लिँदै विकले सो कुरा उठाएकी हुन्। 

‘अहिले हामीले ल्याएको नागरिकता ऐनमा पितृत्व अथवा बाबुको पहिचान नभएका आमा र निजको सन्ताले स्वघोषणा गर्नपर्ने भनिएको छ’, सांसद विकले भनिन्, ‘कुनै व्यक्ति जन्मिएपछि उसको बाबु यो हो भनेर आमाले बताएपछि मात्र थाहा हुने कुरा हो। मेरो बाबु यो हो भनेर स्वघोषणा गर्ने कुराले आत्मसम्मान कहाँ पुग्छ? त्यो सन्तानको स्वभिमानको के हुन्छ? यसले पूर्ण रुपमा आघात पुर्याउने कुरा हो।’

यो विधेयकबारे छलफल अझै चाँडो छलफल होस भन्ने अपेक्षा भएको भन्दै ढिलै भएपछिन संसदमा आएको भन्दै उनले स्वागत गरेकी छिन्। 

०७२ को संविधानलाई अक्षरश: कार्यान्वयन गर्न उनले जोड दिएकी छिन्। ‘निजको बाबु वा आमा नेपालको नागरिक रहेछन् भने तयस्ता ब्यक्तिका सन्ताले नेपालको नागरिकता प्राप्त गर्नेछन भनेको छ’, सांसद विकले भनिन्, ‘हाम्रो संविधानमा लैगिक भेदभावबिना समानवंशीय हक हुनेछ भनेर लेखिएको छ।’

सांसद विकले यसको विकल्पको रुपमा कुनै नयाँ फम्र्याट डिजाइन गर्नपर्ने बताइन्। ‘बरु कुनै फर्मेट डिजाइन गरेर भरेको आधारमा नागरिकता प्रदान गर्ने काम गरौँ। स्थानिय तहका सरकारको सिफारिसलाई राख्न सकिन्छ,’ उनले भनिन्।

ऐनमा उक्त स्वघोषणा झूठो ठहरेमा १ वर्षसम्म जेल र १ लाखसम्म जरिवाना भनिएको छ।

उनले विना कारण कोही जेल पर्नसक्ने संकेत गर्दै भनिन्, ‘कुनै सन्तानको बाबु भनिएको मान्छे २० वर्षपछि आयो भने झुठो ठहरेर जेल हाल्ने कुरा हुन्छ। त्यसकारण यस्तो कुराले नागरिकता लिने आधारभूत अधिकारलाई पनि समस्या पार्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .