ad ad

राजनीति


‘नेपालीसँग विवाह गरेकी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था गरिनुपर्छ’

‘नेपालीसँग विवाह गरेकी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था गरिनुपर्छ’

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १४:८, काठमाडौँ

नेकपा एमालेका सांसद घनश्याम खतिवडाले दक्षिण एसियामा भन्दा खुकुलो व्यवस्था राखेर नागरिकता विधेयक ल्याउन नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमा गरिएको संशोधनबारे छलफलमा भाग लिँदै उनले कमजोरी छ भने सच्याइदिनुपर्ने बताए।

‘जनतालाई पीरमर्का पर्नेगरी र आदिम देशबाट बसोबास गरिरहेका नागरिकको अस्तित्व खतरा पर्नेगरी विधेयक ल्याइनु हुन्न,’ सांसद खतिवडाले भने, कमजोरी छ भने सच्याइदिनुपर्छ। नेपाली नागरिकसँग विवाह गरेकी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था गरिनुपर्छ।’

उनले दक्षिण एसियाका देशमा भन्दा खुकुलो व्यवस्था राख्न नहुने पनि बताए।

‘हाम्रो दक्षिण एसियामा भन्दा खुला हामीले किन बनाउनु ?’ उनले प्रश्न गरे।

सांसद खतिवडाले जन्मसिद्धका छोरा छोरी संविधानले व्यवस्था अनुसार जन्मका नागरिकता लिएको भए अप्ठेरो नपारी सहज बनाउन सुझाव दिए।

उनले थपे, ‘ब्रिटिस लाहुरे, जो हाम्रो नागरिक हुनुहुन्छ। उहाँहरुलाई नागरिकताको हकबाट बन्चित गरिनुहुन्न’ मेरो देश खोज्दै जाँदा देश मैले देखेँ, जनता नै देश रैछ, देश मैले भेटेँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .