राजनीति


सुकुमवासी बस्तीमा बिजुलीका तार टाँग्दै मेयर बुढाथोकी

चुनावका बेला गरेका वाचा पूरा गर्दै
सुकुमवासी बस्तीमा बिजुलीका तार टाँग्दै मेयर बुढाथोकी

हरिवन नगरपालिकाको सुकुमवासी बस्तीमा बिजुली बाल्न तार टाँग्ने काममा आफैँ खटिँदै मेयर कमल बुढाथोकी। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर।


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १०:६, सर्लाही

सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख (मेयर) कमल बुढाथोकी आफ्नो क्षेत्रमा विद्युतीकरणका लागि आफैं काममा खटिएका छन्। 

हरिवन–११ बालुवाटारको सुकुमवासी बस्तीमा बिजुलीका पोल गाड्ने र तार टाँग्ने काममा मेयर बुढाथोकी पनि सहभागी भएका हुन्। 

माओवादी केन्द्रका नेता बुढाथोकीले स्थानीय तहको निर्वाचनका बेला मत माग्ने क्रममा आफूले जिते सुकुमवासी बस्तीमा बिजुली ल्याइदिने प्रतिबद्धता जनाएका थिए। 

नगरपालिका कार्यालयको पहलमा बालुवाटारको सुकुमवासी बस्तीमा विद्युत् प्राधिकरणले केही दिनदेखि विद्युतीकरणको काम गरिरहेको छ। यसमा प्राधिकरणका कर्मचारीसँगै स्थानीयले श्रमदान गरेर सघाइरहेका छन्।

हरिवन नगरपालिकाको यसअघिको नेतृत्वले सुकुमवासी बस्तीमा विद्युतीकरणको काममा अवरोध गरेको आरोप लागिरहेको थियो। गत वैशाखमा सम्पन्न स्थानीय चुनावअघि ऊर्जामन्त्री पम्फा भुसालले पनि बस्तीमै पुगेर त्यसको प्रतिवाद गरेकी थिइन्।

त्यतिबेला उनले सुकुमवासी बस्तीमा विद्युतीकरणसहित जमिनको लालपुर्जसमेत दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

बालुवाटारको नामले चिनिने सुकुमवासी बस्तीमा करिब ९० परिवारको बसोबास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .