जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका नेता डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखाबाट पार्टी पुनर्गठन सुरु गरेका छन्।
आज (साउन ३ गते) गते बसेको जनता समाजवादी पार्टी गोरखा जिल्ला समितिको बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको हो।
पुनर्गठनका लागि यान प्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ।
जिल्ला मातहतका सबै निकाय, समितिहरु स्वतः भेला आयोजक समिति तथा निकायमा रुपान्तरण भएको जसपा गोरखाले जनाएको छ।
जसपा नेपालका संघीय परिषद अध्यक्ष रहेका डा. भट्टराईले पार्टी पुनर्गठन गर्ने भन्दै विस्तारित बैठक राखेपछि पार्टीले उनलाई कारबाही गरेको थियो।
प्रतिक्रिया