ad ad

राजनीति


सिंहदरबार बैठकपछि प्रचण्डले भने : पार्टी एकीकरणको कुरा हुँदैछ, हेर्नुहोला प्रगति हुन्छ

सिंहदरबार बैठकपछि प्रचण्डले भने : पार्टी एकीकरणको कुरा हुँदैछ, हेर्नुहोला प्रगति हुन्छ

फाइल फोटो


नेपालखबर
साउन ३, २०७९ मंगलबार १८:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालीन बहुमत सदस्यहरूबीच पार्टी एकीकरणसहितका विषयमा कुरा भएको बताएका छन्। 

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले तर वर्तमान पाँच दलीय गठबन्धनलाई पनि जोगाएर लैजाने भन्ने आफूहरुको साझा मत रहेको उल्लेख गरेका छन्। 

'आज हामी नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरु दोस्रो बैठक हामी बस्यौँ। यसअघि पहिलो बैठक असारमा भएको थियो', उनले भने, 'मुख्यत: सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय गरेका छन्। गठबन्धन गरेर जाने नै भन्ने भएको छ। त्यसबारे पनि चर्चा गरेका छौँ। गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो। तर यसलाई अझै प्रभावकारी बनाउने भन्ने कुरा भएको छ।'

उनले भने अर्कातिर हिजो एकै पार्टीको सचिवालयमा रहेका बहुमत सदस्यहरु एक ठाउँ जुटेकाले फेरि एकीकरणको विकल्पमा पनि कुरा भएको बताए। 

'अर्कोतिर हामी हिजो एकै पार्टीको सचिवालयमा थियौँ। त्यसका बहुमत सदस्यहरु अहिले छलफल गरिरहेका छौँ', उनले भने, 'हामीबीच पार्टी एकीकणबारेमा कुरा भइरहेको छ। बाबुरामजीसँग पनि आजै पार्टी एकीकरणमै केन्द्रित भएर कुरा भएको छ। अहिले जतिसँग छलफल भएको छ, ती सबैसँग एकै खालको चर्चा गरेका छौँ। हेर्दै जानुहोला सकारात्मक नतिजा आउँछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .