सत्तारुढ तीन दल निकट विद्यार्थी संगठनहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले अधिकारीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलन घोषणा गरेका हुन्।
घोषित कार्यक्रम अनुसार श्रावण ३ गते प्रधानमन्त्री र प्रतिनिधि सभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, ४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय सहित देशैभरीका कार्यालयहरुमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने र ७ गते संघीय संसद सदस्यहरुलाई गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट सन्देश पठाउने रहेका छन्।
नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी गभर्नर महाप्रसाद रहेको आरोप लगाउँदै उनले राजीनामा दिनुपर्ने माग उठेको छ।
Shares

प्रतिक्रिया