राजनीति


नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपालखबर
साउन २, २०७९ सोमबार ११:२०, काठमाडौँ

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।

नेपाल प्रहरीमा ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा नगरिएको हो।

२०७० पहिलेकै ५० जना इन्सपेक्टर कार्यरत भएपनि योग्य नभएकाले १४ वटा दरबन्दी रिक्त नै राखिएको हो। 

यीमध्ये कारबाहीमा परेका, निलम्बनमा परेका, शैक्षिक योग्यता नपुगेका र दुवै तालिम नगरेकालाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका पनि डीएसपीमा बढुवा हुन लविङ गरिरहेका थिए। तर यो ब्याचबाट कोही पनि बढुवा नभएका हुन्।

को को परे बढुवा सिफारिसमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .