ad ad

राजनीति


चार महिना मात्रै समय छ, सदनलाई प्रभावकारी बनाउँछु : उपसभामुख

चार महिना मात्रै समय छ, सदनलाई प्रभावकारी बनाउँछु : उपसभामुख

शपथ ग्रहण गर्दै उपसभामुख पुष्पा भुसाल। तस्बिर : रासस


नेपालखबर
साउन १, २०७९ आइतबार १७:५०, काठमाडौँ

नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छन्। 

सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। 

'उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु', पदभार ग्रहणका क्रममा उनले भनिन्, 'चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु।'

यसअघि आजै उनलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका थिए। 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियो। उनी १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .