ad ad

अपराध


उदयपुरमा लागुऔषध सहित तीनजना पक्राउ

उदयपुरमा लागुऔषध सहित तीनजना पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १७:४७, विराटनगर

उदयपुरमा लागुऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।  

बेलका नगरपालिका–१ बाट  लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। लागुऔषधको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले  तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदिप राई र २७ वर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका–२ का  २१ वर्षीय ठगिन्द्र मगर रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाइजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाइन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .