ad ad

राजनीति


प्रचण्डको सचिवालय भन्छ : भारत भ्रमणले पार्टी तहमै सम्बन्ध सुदृढ र फलदायी भयो

प्रचण्डको सचिवालय भन्छ : भारत भ्रमणले पार्टी तहमै सम्बन्ध सुदृढ र फलदायी भयो

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १६:२५, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले तीन दिने भारत भ्रमण फलदायी भएको जनाएको छ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आइतवार बिहान भेट गरेसँगै नेपाल फर्किने तयारी भइरहेका बेला प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भ्रमण फलदायी भएको बताएका हुन्। 

उनले भाजपा अध्यक्ष नड्डासँगको भेटवार्तासँगै भारत भ्रमणको कार्यक्रम पनि सकिएको बताएका छन्।

यद्यपि प्रचण्डको सचिवालयले यसअघि आइतवार बिहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खानासहितको भेटवार्ता हुने बताएको थियो। तर मोदीले व्यस्त रहेको भन्दै प्रचण्डलाई भेट दिएनन्। 

'भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ', उनले भनेका छन्, 'पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .