ad ad

राजनीति


मोदीसँग भएन प्रचण्डको भेट, आजै स्वदेश फर्किँदै

मोदीसँग भएन प्रचण्डको भेट, आजै स्वदेश फर्किँदै

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १६:३, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नै नपाई स्वदेश फर्किने भएका छन्।

तीन दिने भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आइतवार दिउँसो भेटेका दाहाल मोदीलाई नभेटी फर्किन लागेका हुन्। 

दाहालले आइतवार बिहान मोदीसँग खानासहित वार्ता गर्ने तयारी भएको उनको सचिवालयले जनाएको थियो। तर मोदीले कार्यव्यस्तता जनाउँदै प्रचण्डसँग भेट्ने योजना रद्द गरिदिएको विश्वस्त स्रोतले जनाएको छ। 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नड्डासँगको भेटसँगै तीन दिने दिल्ली भ्रमण सकिएको बताएका छन्। 

'भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ', उनले भनेका छन्, 'पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।' 

प्रचण्डको सचिवालयले आइतवारै बिहान मोदीसँग भेट हुने भने पनि भाजपा अध्यक्ष नड्डासँग पनि ढिलो गरी नयाँ दिल्लीमा वार्ता भएको थियो। 

उनी भारतीय नेताहरुमध्ये नड्डासँग यो भ्रमणको अन्तिम भेट गरेर काठमाडौं फिर्ने तयारीमा छन्। 

नड्डा र दाहालबीचको भेटका क्रममा भाजपा र माओवादी केन्द्रबीच एकअर्काबीच समन्वय गरेर दुवै छिमेकीले संयुक्त कार्यक्रम चलाउने सहमति जुटाएका थिए। 

नड्डासँगको भेटपछि प्रचण्डले आफ्नो दिल्ली भ्रमण उत्साहजनक र एकदमै फलदायी भएको बताएका थिए। तर, मोदीसँग भेट्ने उनको योजना पूरा हुनै नपाई स्वदेश फर्किन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .