रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आज बसेको नगरसभामा पनि बजेट पारित हुन सकेन।
आजका लागि बोलाइएको बैठक गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाँणले स्थगित गरेका थिए। बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले नाराबाजी गरेका छन्।
नाराबाजी भएपछि प्रहरी परिचालन गरिएको छ।
आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन नसकेको हो।
यसअघि साउन ३१ गतेको बैठक पनि गणपूरक संख्या नपुगेको भनि स्थगित भएको थियो।
63
Shares
प्रतिक्रिया