राजनीति


देश श्रीलंका बन्दैछ भन्ने त्रास चिर्न सरकारले श्वेतपत्र जारी गरोस् : महामन्त्री शर्मा

देश श्रीलंका बन्दैछ भन्ने त्रास चिर्न सरकारले श्वेतपत्र जारी गरोस् : महामन्त्री शर्मा

नेपालखबर
असार ३२, २०७९ शनिबार २०:२, काठमाडौँ

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्थतन्त्रबारे सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्। देश श्रीलंका बन्दैछ भन्ने त्रास चिर्न श्वेतपत्र जारी गर्नुपर्ने उनको भनाइ छ।

‘एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ। अर्कोतर्फ के नेपाल श्रीलंका बन्दैछ भन्ने मनोवज्ञानिक त्रासलाई पनि चिर्नु छ। प्रमुख दलका रूपमा  नेपाली कांग्रेसको कर्तव्य हो, जनतालाई ढाडस दिने, आशा जीवित राख्ने, विश्वासमा लिने,’ एक केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री शर्माको भनाइ उधृत गरे, ‘अतः सरकारले आजको समग्र अर्थतन्त्रका बारे श्वेत पत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ।’

त्यसका लागि प्रमुख प्रतिपक्षी लगायत संसदमा रहेका सबै दलहरु एवं विज्ञ अर्थशास्त्रीहरुसहितको सर्वपक्षीय छलफल गर्न आवश्यक रहेको उनले बताए।

केही महत्वपूर्ण सन्दर्भमा सरकार असफल भएको उनको भनाइ थियो।

‘केपी ओलीले प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो। एक वर्ष पुग्दा पनि त्यसलाई सच्याइएको छैन,’ उनले भने, सुशासनको कतिपय प्रश्नमा खरो उत्रन नसकेको स्थिति छ। संघ र प्रदेश सरकारका बीच पर्याप्त समन्वय हुन सकेको देखिन्न।’

स्थानीय तह चुनाव सम्पन्न गरेको र पार्टीलाई पहिलो बनाएकोमा प्रधानमन्त्री/सभापतिसहित पार्टी पंक्तिलाई बधाई पनि दिए।

त्यस्तै उनले सात दिनभित्र विभाग गठन गर्न, भदौ दोस्रो साता नीति अधिवेशन गर्न पनि आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .