ad ad

राजनीति


देउवालाई सहमहामन्त्रीद्वय पाण्डे र परियारको प्रश्न : भ्रातृसंगठनबारे निर्णय लिँदा शेखरलाई किन सोधिएन?

देउवालाई सहमहामन्त्रीद्वय पाण्डे र परियारको प्रश्न : भ्रातृसंगठनबारे निर्णय लिँदा शेखरलाई किन सोधिएन?

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०७९ शनिबार १७:१९, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेले नेविसंघ र तरूण दलका कमिटी बनाउँदा नेता डा. शेखर कोइरालासँग सामान्य छलफल समेत नगरिएको भन्दै आपत्ति जनाएका छन्। 

सभापति शेरबहादुर देउवाले नेविसंघमा  दुजाङ शेर्पा र तरूण दलमा विद्वान गुरुङलाई अध्यक्ष बनाएका थिए।

तर, नेता चौधौं महाधिवेशनमा ४० प्रतिशत मत पाएको शेखरसँग छलफल नै नगरेर सभापति देउवाले एकलौटी गर्न खोजेको पाण्डेले गुनासो गरेका छन्।  

अर्का सहमहामन्त्री जीवन परियारले पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइरालासँग सभापतिले छलफल समेत नगर्नु दुखद् भएको बैठकमा बताए। 

भ्रातृसंस्थाको तदर्थ समिति गठन लगायत विषयका छलफल नै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको उनको भनाइ थियो।

गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ।

त्यसैगरी संघीय सरकारका मन्त्रीहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम सुरू भएको छ। अहिले सह-महामन्त्रीहरूले बोलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .