राजनीति


फ्रान्समा विशाल हड्ताल, आइफल टावर पनि बन्द

फ्रान्समा विशाल हड्ताल, आइफल टावर पनि बन्द

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १२:२,

राष्ट्रपति इम्यानुएल म्याक्रोँले अघि सारेको नयाँ पेन्सन प्रणालीको विरोधमा फ्रान्समा दशकयताकै ठूलो हड्ताल भएको छ। सरकारले या त कामदारहरुलाई ढिला अवकाश दिने या तिनको पेन्सन कटौती गर्ने भएपछि उनीहरु हड्तालमा उत्रिएका हुन्।

प्रहरी, शिक्षक, यातायात कर्मचारी, अस्पताल, वकिल र विमानस्थलका कर्मचारी संयुक्त रुपमा हड्तालमा उत्रिएका छन्। उनीहरुलाई ट्रेड युनियनहरुको समर्थन छ।

हड्तालका कारण यातायात व्यवस्था भद्रगोल भएको छ। अन्तर्राष्ट्रि रेल सञ्चालन गरिरहेका कम्पनीले सेवा रोकेका छन्। सयौँ उडान रद्ध गरिएको छ।

फ्रान्स विश्वकै राम्रो पेन्सन सुविधा भएको मुलुकमध्ये पर्छ। विगतमा पनि यसलाई परिवर्तन गर्न खोज्ने प्रयास असफल हुँदै आएका छन्।

तर म्याक्रोँको सरकारले वार्षिक १९ अर्ब डलर घाटा हुने भन्दै अंकमा आधारित पेन्सन प्रणाली ल्याउन खोजिरहेका छन्।

जसका कारण रिसाएका दशौँ लाख मानिसले एकै पटक काम छोडेका छन्।

आइफल टावर पनि बन्द
फ्रान्सको प्रसिद्ध आइफल टावर पनि बन्द गरिएको छ। टावर सञ्चालन गर्न आवश्यक कर्मचारी नहुँदा बन्द गर्ने निर्णय लिइएको अधिकारीहरुले जनाएका छन्।

पेरिसको १६ मध्ये ११ मेट्रो लाइन पनि बन्द गरिएको छ। एजेन्सी एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .