नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एव् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाएका छन्।
बिहीवार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन्।
उनले नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताए। केसीले महाधिवेशमा पराजित डा. शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताए।
पदाधिकारीहरु बोलाएर गुटको भेला गरेको प्रश्नमा उनले पार्टी केन्द्रीय कार्यालयमा कोठा नदिएपछि होटलमा
जान बाध्य भएको बताए।
नेता केसीले अहिले पार्टीमात्र नभइ लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर गएको बताए।
देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको उल्लेख गर्दै केसीले अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रुपमा नेपाल फसेको पनि बताए।
नेता केसीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकविरुद्ध उत्रिएको कांग्रेसले अहिले पुनः त्यही दोहोर्याएको बताए।
उनले देश आर्थिक संकटोन्मख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुपर्यो भन्दै प्रश्न गरे। उनले देशमा अहिले भ्रष्टाचारको महामरी रहेको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया