राजनीति


घनश्याम भुसालले भने : एमालेको अर्थ विभागका एम अधिकारी गभर्नर होइनन्

घनश्याम भुसालले भने : एमालेको अर्थ विभागका एम अधिकारी गभर्नर होइनन्

नेपालखबर
असार २९, २०७९ बुधबार १४:८, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू प्रमुख रहेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नरहेको स्पष्टीकरण दिएका छन्। 

उनले यसबारेमा धेरैजनाले चासो राखिरहेको बताउँदै आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु नरहने पनि बताएका छन्। 

'म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ', उनले भनेका छन्, 'प्रथमत:, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले 'कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ।'

उनले एमालेका कुनै पनि कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको उल्लेख गरेका छन्। 

एमालेको उक्त विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै संसदमा पनि आलोचना भइरहेको छ।

खासगरी अधिकारीसँगै टसलका कारण विवादमा जोडिएका अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको पनि विवादमा परेर पद छाडिसकेका छन्।

अर्थमन्त्रीले पद त्याग्न बाध्य भएको अवस्थमा नेकपा माओवादी केन्द्रले तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालमा नियुक्त अधिकारीलाई लिएर रोष प्रकट गरिरहेको छ।

एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर नै रहेको भन्दै माओवादीले बुधबारको संसद बैठकमा उनीमाथि छानबिनकै माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad