ad ad

राजनीति


संसदमा गगन थापाको व्यंग्य : मैले त गभर्नरलाई भनेको, एमालेका एम. अधिकारीलाई पर्न गएछ

संसदमा गगन थापाको व्यंग्य : मैले त गभर्नरलाई भनेको, एमालेका एम. अधिकारीलाई पर्न गएछ

नेपालखबर
असार २९, २०७९ बुधबार १२:११, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद गगनकुमार थापाले सेयर बजारमा सुधार्नका लागि ल्याइएको चार-बाह्रको नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भइरहेको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्। 

‘सेयर बजारमा सुधार गर्ने भनेर ‘चार-बाह्र’को नीति ल्याइयो। यसले ठूलालाई पोस्ने सानालाई कस्ने काम भयो', विशेष समयमा बोल्दै थापाले भने, 'राष्ट्र बैंकले जे सोचेको भएपनि अपेक्षा गरेको परिणाम नआएपछि अब सच्याउनुपर्छ।'

यो अवस्था नसच्याए लाखौं सेयरका लाखौँ लगानीकर्ताहरु सडकमा आउने अवस्था हुने उनले जिकिर गरेका छन्। ‘अब सच्याइएन भने लाखौं सेयरमा लगानी गरेकाहरु सडकमा आइपुग्छन्,’ थापाले भने। 

त्यस्तै, उनले आफूले गरेको यो अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भएको भन्दै एमाले अर्थ विभागका सदस्य एम अधिकारीलाई नभनेको व्यंग्य गरे। 

‘मैले गरेको यो अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो', उनले भने, 'नेकपा एमालेका अर्थ विभाग सदस्य मिस्टर एम अधिकारीलाई भनेको हो कि भनेर बुझेमा क्षमा चाहन्छु।’ 

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुनेगरी ल्याउनुपर्नेमा जोड दिए। 

तरलताको अभाव, चुलिँदो व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यवृद्धि र मागमा संकुचनलाई सामना गर्नेगरी मौद्रिक नीति ल्याइनुपर्ने थापाले बताए। 

‘परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिमार्फत हुनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .