राजनीति


सत्तारुढ सांसदकै प्रश्न : यो देशमा सरकार छ कि छैन? कसले चलाउँदैछ?

सत्तारुढ सांसदकै प्रश्न : यो देशमा सरकार छ कि छैन? कसले चलाउँदैछ?

नेपालखबर
असार २८, २०७९ मंगलबार १३:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद डा. खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताएका छन्। 

मंगलबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै उनले सरकार भए पनि नभएको जस्तै देखिएको गुनासो गरे। 

'ललितपुरको भैँसेपाटीस्थित ५ सय मिटर सडक लथालिङ्ग भएर ६ वर्ष देखि हिलाम्मे हुँदासमेत ध्यान गएको छैन', उनले भने, '६ वर्षसम्म सांसदहरुले कुरा उठाउँदा समेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिनुपर्छ।'

उनले सरकारले कसले चलाएको पनि आफूले बुझ्न नसकेको बताएका छन्। 

‘यो मुलुकमा सरकार छ की छैन। सरकार कसले चलाएको छ मैले बुझ्न सकेको छैन। मैले धेरै पटक ललितपुरको भैँसेपाटीमा ५०० मिटर मात्रै सडक बनाउन दर्जनौं पटक विभागीय मन्त्रालय, मन्त्रालयका कर्मचारीलाई हारगुहार गरिसकेँ', उनले भने, 'राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, दुई पटक अर्थमन्त्री भएका विष्णु पौडेल, तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, वामदेव गौतम हिँड्ने जम्मा पाँच सय मिटर बाटो ६ वर्षदेखि लथालिङ्ग छ। यो बाटो किन नबनेको भौतिक पूर्वाधार मन्त्रीलाई संसदमा जवाफ दिन माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .