ad ad

राजनीति


महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा पार्टीभित्र फरकमत छैन : एकीकृत समाजवादी

महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा पार्टीभित्र फरकमत छैन : एकीकृत समाजवादी

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १९:३८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजहरुका नेताहरुको फरक मत नरहेको बताएको छ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सम्माननित नेता झलनाथ खनालले प्रस्तुत गरेको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष डा. वेदुराम भुसालले प्रस्तुत गरेको विधान सम्बन्धी मस्यौदा प्रतिवेदनमा नेताहरुको फरक मत नरहेको दाबी गरेको हो।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आज सम्पन्न पार्टी स्थायी कमिटीका सदस्यहरुले पनि ती दस्तावेजहरुमा फरक मत नराखेको बताए।

नेकपा एसले पार्टीको आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा बोलाइएको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजहरुमाथि छलफल गर्न बोलाइएको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। भोलि सोही विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाइएको र पर्सीबाट शुरु हुने केन्द्रीय कमिटी बैठकले त्यसलाई परिमार्जनसहित पारित गरेर छलफलका लागि जिल्ला तहमा पठाइने प्रवक्ता खतिवडाले बताए।

उनले भने, ‘यो महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुनेछन्। एउटा राजनीतिक प्रतिवेदन, अर्को संगठनात्मक प्रस्ताव। पार्टीको समाजवादी कार्यक्रम र विधान। यी सबै विषयमा आज हाम्रा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा व्यक्त गर्नुुभएको छ। यसलाई समेटेर पोलिटब्युरोमा प्रस्तुत गर्नेछौं।’

उनले थपे, ‘पोलिटब्युुरोमा उठेका धारणाहरु समेट्दै केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछाैँ। र केन्द्रीय कमिटीमा व्यक्त भएका विचारहरूसहित महाधिवेशनका दस्तावेजहरुलाई अन्तिम रुप लिएर जिल्ला कमिटीहरुमा छलफलका लागि पठाईनेछ। यसमा कुनै असहमती छैन। एउटै दस्तावेज आधिकारिक रुपमा देशव्यापी रुपमा जानेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .