मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ। आइतबार नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
गृह तथा सञ्चारमन्त्री समेत रहेका एमाले सांसद राजकुमार लेखीले आफ्ना मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएको नेपालखबरलाई जानकारी दिए।
एमालेबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृतिमन्त्री प्रमोद जयसवाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह थिए।
उनीहरू सबैले आइतबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।
यसअघि आजै नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिएका छन्।
78
Shares
प्रतिक्रिया