समाज


चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दै, ‘सचेत रहौँ’

चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दै, ‘सचेत रहौँ’

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ८:३४, काठमाडौँ

हाल (आइतबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार उक्त मौसम प्रणाली आसपासका क्षेत्रमा फैलिने र उत्तरपूर्वी दिशामा सर्ने क्रममा रहेको र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार बिहान ८ बजे चेतावनी जारी गर्दै मौसम महाशाखाले भनेको छ, ‘चट्याङ र हावाहुरीबाट क्षतिसमेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ।’  

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यसैगरी राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad