ad ad

राजनीति


प्रधानमन्त्री आज अस्पतालबाट डिस्चार्ज हुने

प्रधानमन्त्री आज अस्पतालबाट डिस्चार्ज हुने

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ८:४०,

अपेन्डासाइटिसको अप्रेसनपछि केहि दिनयता अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट 'डिस्चार्ज' हुने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी सार्वजनिक गरेका हुन्।

‘अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको मंसिर १० गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको अप्रेसन भएको थियो। त्यसयता प्रधानमन्त्रीको सोहि अस्पतालमैं उपचार भइरहेको हाे।

प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम कम गर्न थालेपछि डाक्टरहरुले पुनप्रत्यारोपणका विकल्पबारे छलफल भइरहेका बेला अपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .