राजनीति


कांग्रेस बैठकमा नैनसिंहले भने : आगामी निर्वाचनमा ७० प्रतिशत युवालाई सांसदको टिकट दिऊँ

कांग्रेस बैठकमा नैनसिंहले भने : आगामी निर्वाचनमा ७० प्रतिशत युवालाई सांसदको टिकट दिऊँ

नेपालखबर
असार २७, २०७९ सोमबार १८:५७, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न निर्वाचनमा पार्टीले ७० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन्। 

पार्टी कार्यालय सानेपामा सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले आसन्न निर्वाचनमा पार्टीले ७० प्रतिशत युवालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका हुन्। 

संविधानले नै २५ वर्षमाथिका व्यक्तिलाई उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको भन्दै महरले अबको स्थानीय तहमा २५ देखि ६० वर्ष उमेर समूहका ७० प्रतिशत व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए।

‘कांग्रेसमा चार पुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचनमा हाम्रा लागि सहज हुन्छ। एउटा ६० माथिको पुस्ता छ, अर्काे ६० देखि ४५ सम्मको पुस्ता छ। तेस्रो भनेको ३० देखि ४५ र अर्को ३० मुनीको छ,’ महरले बैठकमा भने, ‘नेपालको संविधानले १८ वर्षभन्दा माथिकालाई वयस्क मानेर मतदानको अधिकार दिएको छ। यस्तो अवस्थामा यी सबै उमेरका मानिसलाई मिलाएर लगे मात्रै निर्वाचन जित्न सकिन्छ। र, पार्टीले गति लिन सक्छ।’

पार्टीमा क्रियाशील रहेको ठूलो समूह युवा नै भएकाले उनीहरूको मनोभावना बुझ्नुपर्नेमा उनको जोड थियो। ३२ वर्षमुनीका मतदाताले मतपरिणामलाई धेरै तलमाथि पार्नसक्ने देखिएकाले युवा माझ लोकप्रिय बन्ने गरी पार्टी अघि बन्नुपर्ने नेता महरको सुझाव थियो।

उनले स्थानीय तह निर्वाचनको समीक्षा हुनुपर्नेमा जोड दिए। ‘बागी उम्मेदवार, तिनका समर्थक, प्रस्तावकसँगै गठबन्धनमा असहयोग गर्नेलाई अनुशासनको कारबाही गर्ने कुरा त छदैछ,’ महरले बैठकमा भने, ‘तर, जनताले प्रश्न उठाउने खालका अयोग्य उम्मेदवारलाई टिकट दिएर चुनाव हारियो भने त्यस्तो टिकट दिने व्यक्तिलाई पनि अनुशासनको दायरामा ल्याउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad