राजनीति


कांग्रेस नेता भन्छन् : एमालेबाट फुटेको भन्दै समाजवादीले ठूलो भाग खोज्दा बिग्रियो

कांग्रेस नेता भन्छन् : एमालेबाट फुटेको भन्दै समाजवादीले ठूलो भाग खोज्दा बिग्रियो

नेपालखबर
असार २७, २०७९ सोमबार १७:५, काठमाडौँ

नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले स्थानीय तह निर्वाचनमा केन्द्रमा भएको सहमति अनुसार बलियो गठबन्धन हुन नसकेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

'गठबन्धन गर्दा पनि हाम्रो प्रदेशका केही ठाउँमा अपेक्षित परिणाम आएन। यद्यपि हामी बहुमतको अवस्थामा छौँ', उनले भने, 'अपेक्षित परिणाम नआउनुमा गठबन्धन दलबीच अविश्वास पनि कारण भयो। नेकपा एकीकृत समाजवादी संविधान अनुसार पार्टी त बन्यो तर जनअनुमोदित थिएन। एमालेबाट फुटेकाले ठूलो भाग चाहियो भन्यो, त्यसकारण पनि परिणाम बिग्रियो।'

उनले माओवादी केन्द्रले कांग्रेसको भरोसा खोजे पनि विश्वास नगर्ने समस्या देखिएको पनि बताए। 'माओवादीमा भने भरोसा खोज्ने विश्वास नगर्ने समस्या देखियो', उनले भने, 'अबको निर्वाचनमा गठबन्धन नहुने ठाउँमा नगरौँ, गर्ने ठाउँमा बलियो गरी गरौँ।'

शर्माले कांग्रेसले लोकतन्त्र होइन प्रजातन्त्र नै भन्नुपर्ने बताए। 'कांग्रेसले लोकतन्त्र भन्नु हुन्न। आजै पनि लोकन्त्र भन्दै हाम्रो कार्यालयमा नारा लाग्यो, हामीले विरोध गर्यौँ। त्यो कम्युनिष्टले मन पराएको शब्द हो', उनले भने, 'राष्ट्रियता प्रजातन्त्र र समाजवाद हो कांग्रेसको एजेन्डा, यही अनुसार हामी अघि बढ्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad