ad ad

राजनीति


एमालेको निष्कर्ष : माओवादी र एकीकृत समाजवादी दक्षिणपन्थी शक्तिको औजारमा स्खलित भए

एमालेको निष्कर्ष : माओवादी र एकीकृत समाजवादी दक्षिणपन्थी शक्तिको औजारमा स्खलित भए

फाइल तस्बिर


नेपालखबर
असार २७, २०७९ सोमबार १४:१६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मुख्य उद्देश्य नै एमाले हराउन केन्द्रित भएको निष्कर्ष निकालेको छ। 

सोमबार एक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै यी दुई दल नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर र समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरुको औजारमा स्खलित हुन पुगेको बताएको छ। 

‘असफलताका बाबजुद निर्वाचनमा आफू सफल भएको दाबी गर्ने यी दुवै समूह वस्तुतः नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर र समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरुको औजारमा स्खलित हुनपुगेको स्पष्ट भएको छ, अपानिमा उल्लेख गरिएको छ, ‘त्यसमाथि यतिबेला कम्युनिस्ट आन्दोलनको प्रमुख उद्देश्य समाजवादको आधार निर्माण गर्नु रहेको बेला त्यसका विरुद्धको प्रमुख शक्ति नेपाली कांग्रेससँग घाँटी जोडिन पुग्नु आन्दोलनप्रतिको गद्दारी हो भन्ने कुरा पनि यस निर्वाचनबाट प्रमाणित भएको छ।’

माओवादी केन्द्रको ५ प्रतिशत लोकप्रिय मत घटेको र एकीकृत समाजवादीले ४ प्रतिशतमात्र लोकप्रिय मत ल्याएको उल्लेख अपानिमा गरिएको छ। 

निर्वाचनमा केही सिट प्राप्त गर्नका लागि उम्मेदवारहरु नेपाली कांग्रेसको चुनाव चिह्नमा समेत लड्न तयार भएकाले राजनीतिक विचलनलाई स्पष्ट पारेको एमालेले जनाएको छ। 

‘निर्वाचनमा केही सिट प्राप्तिका लागि यी दुवै समूहका उम्मेदवारहरु नेपाली कांग्रेसको चुनाव चिह्नमा समेत लड्न तयार हुनुले उनीहरुको राजनीतिक विचलनलाई स्पष्ट पारेको छ’, अपानिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .