राजनीति


चुनावअघि कुनै पार्टीसँग पनि एकता हुँदैन : अध्यक्ष नेपाल

चुनावअघि कुनै पार्टीसँग पनि एकता हुँदैन :  अध्यक्ष नेपाल

गोकुल जोशी
असार २७, २०७९ सोमबार १२:२०, कञ्चनपुर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश सभाको ठूलो दलको हैसियतले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। 

सोमबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गरेका छन्।

गठबन्धनमा रहेका अन्य दलको समर्थन भएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको उनले उल्लेख गरे।

सुदूरपश्चिममा अहिले समाजवादी र नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ।

यस्तै, अध्यक्ष नेपालले चुनावअघि कुनै पार्टीसँग पनि समाजवादीको एकता नहुने बताए।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावअघि एकताको चर्चा चलिरहेका बेला अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका हुन्। 

उनले अहिले कुनै पार्टीसँग एकता भन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तारमा ध्यान केन्द्रित गरेको उनको भनाई थियो।
 
'चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,' अध्यक्ष नेपालले भने, 'पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्, अहिले थर्कमान नहुनु, मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad