ad ad

राजनीति


कहीँ नभएको जात्रा हाँडीगाउँमा ! पार्टी खोलेको पाँचदिनमै वामदेव ‘आउट’

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! पार्टी खोलेको पाँचदिनमै वामदेव ‘आउट’

नेपालखबर
असार १८, २०७९ शनिबार १८:५१, काठमाडौँ

पूर्वएमाले नेता वामदेव गौतमले आफ्नै अध्यक्षतामा असार १४ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरे। ललितपुरको धोबीघाटमा  यसैसाता भव्य घोषणा सभा पनि भयो। लगत्तै नेता गौतम वाम एकताको प्रस्ताव लिएर केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई भेट्न दौडिए। 
तर, ‘गोजीको टिप्न खोज्दा भुइँको झर्यो’ भन्ने नेपाली आहान जस्तै गौतमले भेला पारेका साना पार्टीका केही नेताले शनिबार उनै वामदेव गौतमलाई नै पार्टीबाट निस्कासन गरेको घोषणा गरेका छन्। 

यो घटनाले वामदेव गौतमको नवघोषित एकता अभियान ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै  देखिएको छ। 
वामदेव गौतमलाई पार्टीबाट निस्काशित गरेको विज्ञप्तिमा भनिएको छ– आम नेपाली पार्टी प्रमुखहरुको बैठक सतुंगलस्थित एक पार्टी प्यालेसमा बसी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड बामदेव गौतमलाई अभियानमा जोडिएका चार पार्टीको बहुमतबाट अभियानको संयोजकबाट निष्काशन गरिएको छ।’

युवराज सफल बीचमा

वामदेवलाई हटाएर उनका ठाउँमा एकता अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गर्ने निर्णय गरिएको  विज्ञप्तिमा उल्लेख छ।
हाललाई अभियानको असार ११ गते निर्माण गरिएको केन्द्रीय समिति भंग गर्दै पछि विस्तार गर्न मिल्ने गरी नयाँ केन्द्रीय समिति चयन गर्ने निर्णय पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

वामदेव गौतम र युवराज सफल

वामदेव माथि ९ आरोप

विज्ञप्तिमा वामदेव गौतममाथि मूलतः वटा आरोपहरु लगाइएको छ–

  • प्रतिवेदनमा सैद्धान्तिक तथा बैचारिक मतभेद रहेको।
  • असमान सन्धी सम्झौताको विषयमा मौनता साँधेको।
  • केन्द्रीय समितिमा अभियानमा जोडिएका राजनीतिक पार्टीहरुलाई सम्मानजनक सिट संख्या नदिइएको। 
  • केन्द्रीय सचिवालय एकलौटीरुपमा बनाएको। सचिवालयमा पार्टीका प्रमुखहरुलाई समावेश नगरेको।
  • केन्द्रीय समिति घोषणा गर्दा वरियता निर्धारण नगरेको।
  • केन्द्रीय समिति बैठकले बनाएको वार्ता टोलीलाई सक्रिय नबनाएको।
  • अभियानमा जोडिएका पार्टीहरुलाई सम्मानजनक व्यवहार नगरेको। 
  • सम्मान, जोस, जाँगर र उत्साहपूर्वक कार्य गर्ने वातावरण नभएको। 

हेर्नुहोस् विज्ञप्ति र माइन्युट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .