ad ad

राजनीति


जीपी कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू

जीपी कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू

फाइल तस्बिर


नेपालखबर
असार १८, २०७९ शनिबार ११:५०, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्। शनिबार नेता गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन्। 

उनले अरु नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमन्यताको प्रतीक भएकाले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए। 

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्वविद्यालय स्थापना हुनुपर्ने बताए। उनले जीपी कोइराला विश्वविद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष  गरे। 

मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयका रूपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहु विश्वविद्यालयको नीतिअन्तर्गत खोलेका विश्वविद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए। 

‘अब एउटा जीपी कोइराला विश्वविद्यालयको स्थापना आवश्यक छ। विभिन्न नेताहरूको नाममा छन्’, उनले भने, ‘तर जीपी कोइराला एउटा मान्यता हो। एउटा आदर्श, मूल्य, मान्यताको प्रतीक पनि हो। त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्वविद्यालय बनाउन आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .