ad ad

राजनीति


निर्वाचन भएका क्षेत्रलाई दुई दिनभित्र समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

निर्वाचन भएका क्षेत्रलाई दुई दिनभित्र समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ५:५३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई दिनभित्र उपनिर्वाचन भएका ५२ वटै स्थानको समीक्षा पठाउन सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले दुई दिनभित्र सबै निर्वाचन भएका स्थानको समीक्षा केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको हो।

बैठकपछि नेपालखबरसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको बताए।

‘निर्वाचन भएका सबै क्षेत्रको समीक्षा दुईदिनभित्र केन्द्रमा पठाउन निर्देशन दिने निर्णय भएको छ’, श्रेष्ठले नेपालखबरसँग भने।

उपनिर्वाचनमा प्रदेशसभा भक्तपुर र धरान उपमहानगरपालिका लगायत केही वडामा नेकपा पराजित भएको थियो। केही स्थानमा अन्तर्घातका कारण पनि पराजय भएको चर्चा चलेपछि नेकपाले सम्बन्धित क्षेत्रलाई नै समीक्षा गर्न निर्देशन दिएको हो। सम्बन्धित क्षेत्रको समीक्षा आएपछि  मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने उनले बताए।

पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो। नेकपाले यही मंसिर ४ गतेको सचिवालय बैठकबाट सरकार सञ्चालनको जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी सञ्चालनको अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .