ad ad

राजनीति


प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ३:१०,

सत्तारुढ नेकपा सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

कार्यकारी अध्यक्ष भएपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालय बैठक बोलाएका हुन्।

बिहान ९ बजेदेखि पार्टी कार्यलय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपालखबरलाई जनकारी दिए।

बैठकमा उपनिर्वाचनको समिक्षा, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए।

Dhumbarahi

मङ्सिर ४ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती भएपछी पहिलो पटक यो बैठक बस्न लागेको हो।

यसअघि भदौको ९ गते ओली सिङ्गापुरमा उपचार गर्न गएका बेला प्रचण्डले सचिवालयको बैठक बोलाएर केन्द्रिय समितीमा चार जना थप गरेका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउँदै प्रचण्डले २४ मंसिरबाट गर्न लागेको चीन भ्रमण स्थगित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .