ad ad

समाज


गढीमाईबाट फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा पल्टियो, २ को मृत्यु, १४ घाइते

गढीमाईबाट फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा पल्टियो, २ को मृत्यु, १४ घाइते

शैलेन्द्र महतो
मंसिर १८, २०७६ बुधबार ३:१६,

बारास्थित गढीमाई मेलाबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलादेवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको हो।

बाराको गढीमाई मेलाबाट फर्किदै गरेको २ च ८८५५ नम्बरको यात्रुबाहक पिकअप भ्यान बुधबार बिहान अनियन्त्रित भई पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीयाँमा सडकबाट तल खसेकाे हाे।

बिहान २ बजे फर्किदै गरेको उक्त पिकअप विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकले हेडलाइट डिम नगर्दा दुर्घटना भएको बर्दिबास इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ। यस्तै सामान्य घाइते १० जनाको उपचार बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएकाे पिकअपसहित चालकलाई नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .