ad ad

राजनीति


अखिल क्रान्तिकारी विवाद : असन्तुष्ट समूहको जुम बैठक, सुझाव लिएर अघि बढ्ने

अखिल क्रान्तिकारी विवाद : असन्तुष्ट समूहको जुम बैठक, सुझाव लिएर अघि बढ्ने

नेपालखबर
असार १४, २०७९ मंगलबार १६:२८, काठमाडौँ

विवाद समाधानका लागि शुक्रबारसम्मको अल्टिमेटम दिएको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले अहिले जुम बैठक गरिहेको छ।

समानान्तर कमिटी गठनको अन्तिम तयारीस्वरुप जिल्ला जिल्लाबाट सुझाव संकलन गर्न जुम बैठक राखिएको एक नेताले जानकारी दिए।

जुम बैठकलाई असन्तुष्ट समूहका नेता पवन कार्कीले सम्बोधन गरिरहेका छन्।

‘हरेक जिल्लाबाट साथीहरुको सुझाव संकलनको लागि अहिले जुम बैठक बसिरहेका छौँ,’ ती नेताले भने, ‘सय बढी साथीहरु जोडिनुभएको छ।’

क्रान्तिकारीको पदाधिकारी चयन प्रक्रियामा विधि र पद्धति नमिलेको भन्दै असन्तुष्ट रहेको कार्कीसहितका १० नेतालाई एक हप्ता अघि अध्यक्ष पञ्चा सिंहले कारवाही गरेको थियो।

सो कारवाही नै  अवैधानिक भन्दै कार्कीले बुधबार (८ असार) मा पत्रकार सम्मेलन गरेर सिंह नेतृत्वको कार्यसमिति भंग गरेर विशेष महाधिवेशन गर्न माग गरेका थिए।

उनीहरुले (असन्तुष्ट) पक्षले माग सम्बोधन गर्न १० असारसम्मको समय दिँदा पनि कुनै सुनुवाई नभएपछि समानान्तर कमिटी निर्माण प्रक्रिया अघि बढाइएको कार्कीले बताए।

‘साथीहरुको सुझावको आधारमा अघि बढ्छौँ, यसबारेमा हामीले स्थायी समितिका नेताहरुलाई पनि जानकारी गराइसकेका छौँ,’ कार्कीले भने।

गत असोज १४ गते भएको अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएको थियो।

त्यसपछि वैशाखमा बसेको भर्चुअल बैठकबाट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी चयन गरिएको थियो।

पदाधिकारी चयन गर्दा माइक म्युट गरेर एकतर्फी नाम घोषणा गरिएको, केन्द्रीय कमिटीमै नभएको व्यक्तिलाई पदाधिकारी बनाइएको भन्दै उपाध्यक्ष पवन कार्कीले निर्णय सच्याउन सुझाव दिएका थिए।

उनको सुझाव कार्यान्वयन भएन। बरु जेठको पहिलो साता बसेको तेस्रो विस्तारित बैठकमा होहल्ला भएपछि कार्की लगायतका १० नेतालाई निस्कासन गरेर सिंह पक्षले तीन महिने अभियान घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .