राजनीति


एकीकृत समाजवादीको निष्कर्ष : विदेशी चलखेल बढ्यो, आर्थिक संकट चुलियो (दस्तावेजसहित)

एकीकृत समाजवादीको निष्कर्ष : विदेशी चलखेल बढ्यो, आर्थिक संकट चुलियो (दस्तावेजसहित)

फाइल तस्बिर


नेपालखबर
असार १४, २०७९ मंगलबार १६:१९, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको बताएको छ। 

काठमाडौंमा सम्पन्न दुई दिने केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको उल्लेख छ। 

एकीकृत समाजवादीको नजरमा मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढ्दा राजनीतिक क्षेत्र अनिश्चययात्मक परिस्थितिबाट गुज्रिरहेको छ। 

‘मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको छ। यसरी राजनीतिक क्षेत्रमा एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ। 

एकीकृत समाजवादीले मुलुकको आर्थिक अवस्था झनझन खस्किँदै गएको, सबै आर्थिक सूचकांकहरु नकारात्मक र निराशाजनक रहेका पनि बताएको छ। 

‘चालु आर्थिक वर्षको जेठ महिनासम्ममा आयात १७ खर्ब ६३ अर्ब भएको छ भने निर्यात १ खर्ब ५८ अर्बको मात्र भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विदेशी मुद्राको संचिति घट्दै गएको छ। सरकारको पुँजीगत खर्च लक्ष्यभन्दा ज्यादै न्यून छ।’

सत्ता साझेदार एकीकृत समाजवादीले महँगी आकासिँदा सर्वसाधारण जनता आक्रान्त भएका, आयातमुखी र उपभोक्तावादी प्रवृत्तिले आर्थिक–समाजिक जीवन संकटग्रस्त बन्दै गएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .