ad ad

राजनीति


शंकर पोखरेलको प्रश्न : कांग्रेसलाई राखेर समाजवादको बहस हुन्छ?

शंकर पोखरेलको प्रश्न : कांग्रेसलाई राखेर समाजवादको बहस हुन्छ?

नेपालखबर
असार १३, २०७९ सोमबार १५:५४, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमलाई गठबन्धनको संकल्प राख्ने फोरम बनाएको टिप्पणी गरेका छन्।

सोमबार ललितपुरको जावलाखेलमा भएको अन्तरक्रिया कार्यक्रमका बोल्दै उनले कांग्रेस राखेर गरिएको बहस कसरी मिल्यो भनेर प्रश्न गरे।

‘समाजवादको बहसमा गठबन्धनको संकल्प प्रस्तुत भैरहेको छ’, पोखरेलले भने, ‘यो कहाँनेर मिल्छ? चुनौती भनेको छ, कांग्रेस राखेको छ। के कांग्रेसको नेतृत्वमा समाजवादमा जान खोजेको हो?’ नत्र यो फोरम समाजवादको लागि तयार छैन भन्ने लाग्छ।’ 

चित्रबहादुर केसीले गठबन्धनको आवश्यकता अझै रहेको बताएपछि पोखरेलले सो टिप्पणी गरेका हुन्।

उनले कांग्रेसस वरिष्ठ नेता रामचन्द्र पौडेललाई संकेत गर्दै कांग्रेस बुर्जुवा पार्टी कहिलेदेखि समाजवादमा आयो भनेर पनि प्रश्न गरे। 

‘यो विमर्श समाजवादको वास्तविक बहसको लागि होइन, कार्यकर्तालाई अल्मल्याउन हो, नत्र गठबन्धन समाजवादका लागि बाधक छ भन्ने कुरा बुझ्न आवश्यक छ’ पोखरेलले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .