ad ad

राजनीति


नाटो बैठक सुरु नहुँदै नेताहरुबीच दन्तबझान

नाटो बैठक सुरु नहुँदै नेताहरुबीच दन्तबझान

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ११:२७,

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को ७० औँ वार्षिकोत्सव मनाउन लण्डनमा भेला भएका गठबन्धनका नेताहरुबीच दन्तबझान सुरु भएको छ। बुधबार बैठक सुरु हुनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँतर्फ निसाना लगाएका छन्।

गत महिना म्याक्रोँले दि इकोनोमिस्टलाई अन्तर्वार्ता दिँदै नाटोको ‘मस्तिष्क मृत्यु' भएको बताएका थिए।

ट्रम्पले म्याक्रोँको टिप्पणी ‘अपमानजनक’ भएको बताएका छन्।

‘नाटोको विषयमा यस्ता टिप्पणी गर्दै हिँड्नु ठिक होइन। यो साह्रै अपमानजनक छ,’ ट्रम्पले भने, ‘फ्रान्सको नाटोको आवश्यकता अरु कसैलाई छैन। खुलस्त भन्ने हो भने यसबाट सबैभन्दा कम फाइदा लिने भने अमेरिका नै हो।’

निर्वाचित भएयता नै ट्रम्पले गठबन्धनका अन्य साझेदारले बेहोर्ने खर्चको हिस्सा बढाउनुपर्ने बताउँदै आएका छन्। उनको व्यवहारबाट युरोपेली नेताहरु भने रुष्ट छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .