एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टिएकोमा कुनै पछुतो नरहेको बताएका छन्। भट्टराईले सोमबार सामाजिक संजाल फेसबुक मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
'नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ। त्यसमा मलाई पछुतो छैन।' साथै उनले आफू मार्क्सवादी चेत भएको मानिस भएको बताएका छन्।
आफ्ना गुरुले व्यक्ति, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिएको बताउँदै आफू कसैको अन्ध समर्थक र अन्ध विरोधी नभएको भट्टराईको अभिव्यक्ति छ।
633
Shares

प्रतिक्रिया