ad ad

राजनीति


पाँच दलीय गठबन्धनको अझै आवश्यकता छ : अध्यक्ष नेपाल

पाँच दलीय गठबन्धनको अझै आवश्यकता छ : अध्यक्ष नेपाल

नेपालखबर
असार ११, २०७९ शनिबार १३:२१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको अझै पनि आवश्यकता रहेको बताएका छन्।

काठमाडौँको नयाँ बानेश्वरस्थित कार्की ब्यान्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले गठबन्धन प्रति पार्टीका गुनासा भए पनि आवश्यकता रहेको बताए। ‘गठबन्धनप्रति हाम्रो धेरै गुनासा भए पनि गठबन्धनको अझै पनि आवश्यकता छ,’ उनले भने।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले उचित स्थान नदिएको गुनासो गरे। ‘हामीले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षा गर्यौँ। फलस्वरूप हाम्रा सबै कदम सफल हुँदै गएका छन्,’ उनले भने, ‘त्यसकै प्रतिफलका लागि हामी स्थानीय चुनावमा होमियौँ। तर, सबैतिर गठबन्धनमा हामीलाई उचित स्थान दिइएन।’

स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मत हेर्दा आत्तिनु पर्ने अवस्था नरहेको नेपालको भनाइ थियो। ‘२७ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएका थियौँ,’ उनले भने, ‘शतप्रतिशत उम्मेदवारी दिँदा २० लाख मत आउँथ्यो। त्यसकारण आत्तिनुपर्ने कुनै कारण छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .